

सिमरा ।
देशकै ठुलो उद्योगका रुपमा रहेको जगदम्बा स्टिभित्र गएको २० गते एक कामदार मृत भेटिए । त्यसो त यो घटना नयाँ होइन ।
बर्षेनी उद्योगभित्र यस्ता घटनाहरु घटिरहेपनी उद्योग प्रशासनले सकभर घटनालाई लुकाउन खोज्ने र सार्वजनिक भइहाले क्षतीपुर्ती दिएर सामसुम पार्ने प्रवृती पुरानै हो ।
गएको २० गते मंगलबार बिहान उद्योग छिरेका कामदान कहिले नफर्किनेगरी उद्योगभित्रै अस्ताए । उनी हुन् जीतपुरसिमरा उपमहानगरपालीका २ का ५३ बर्षे नागरायण साह । उनी उद्योगमा मेसिनरी काम गर्थे ।
मृतककी श्रीमती महिन्द्रा साहका अनुसार उनी बिहान ८ बजे खाना खाएर साइकलमा उद्योग हिँडेका थिए । अपरान्ह् खवर आयो उद्योगमा एक कामदार बेहोस अवस्थामा छन् ।
श्रीमती सहित केही गाउँका स्थानिय उद्योग पुग्दा गेटमै उनीहरुलाई रोकियो । केही भएको छैन भन्दै उद्योगको मुलगेटबाटै उनीहरुलाई फर्काउन खोजियो ।
तर त्यसअघि नै सिमराको प्रहरीटोली भित्र छिरिसकेको रहेछ । घटनाको अवस्था हेर्दा रहस्यमय छ । मृतकले लगाएको चप्पल छुट्टाछुटै अवस्थामा छ । उनलै बोकेका केही कागजपत्र भुइँमा खसेको थियो भने मोबाइल सर्टको खल्तीमै थियो । तर मोबाइल स्विच अफ गरिएको थियो ।

उनलाई आफन्तले देख्दा घोप्टो अवस्थामा निधारमा हातले समाएको अवस्थामा थियो ।
मृतकका परिवारलाई शव छुन नदिई कोरोनाको कारण हुन सक्ने भन्दै उनको शव कोरोना परिक्षणका लागी बिरगञ्ज लगियो । तर रिपोर्ट नेगेटिभ देखियो ।
तर पछी उद्योग प्रशासनले मृतक कामदारलाई आफ्नो कामदार भएको स्विकार नगरेको परिवार स्रोतको भनाई छ । स्थानियका अनुसार उद्योगले भित्र कुनै काम बिशेषले गएको र अन्य कुनै कुरा जानकारी नभएको बताएका छन् ।
तर उनी लकडाउन अघि उद्योगमा काम सुरु गरेको बताइन्छ । हाँजिरी समेत गर्ने गरेको परिवार स्रोतको दाबी छ ।
यता एक मात्र कमाउने मान्छेले ज्यान गुमाएपछी परिवार शोकाकुल बनेको छ । परिवारले घटनाको उचित छानविन गरी दोषीलाई कारवाही र क्षतीपुर्तीको माग गरिरहेको छ ।
(भिडियो)





Write your Comment