होटल महासंघ प्रदेश २ द्धारा सबै होटल क्वारेन्टिन बनाउने घोषणा

रातोघर

 २५ जेष्ठ २०७७, आईतवार १३:३१  मा प्रकाशित

बारा । होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले प्रदेशमा रहेका सबै होटललाई क्वारेन्टिन बनाउन दिने निणर्य गरेको छ । अनलाईन (भर्चुअल) बैठकले विश्वव्यापी रुपमा फैलिदै गएको कोभिड १९ को संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले मागे सुरक्षा मापडण्ड अपनायी सशुल्क प्रदेशमा रहेका सबै होटलहरुलाई क्वारेन्टाइन बनाउने निणर्य भएको महासचिव मोहन शर्मा लामिछानेले बताए ।

महासचिव लामिछानेले बैठकमा कोरोना भाइरस संक्रमण नियत्रणका लागि सरकाले गरेको लकडाउनका कारण करिब ३ महिनादेखि बन्द रहेका होटल व्यवसायीहरू सबै भन्दा बढी मारको चपेटामा परेकोले सरकारले होटल तथा पर्यटन व्यवसायीलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण मिलाई बैंक तथा वित्तिय संस्थाहरुको किस्ता, व्याज, कर, घरभाडा छुट तथा विभिन्न शुल्कहरु व्यवस्थापन गर्न सम्वन्धित सरोकारवाला संघसंस्थालाई ध्यानाकर्षण गर्ने निर्णय भएको बताए ।

उनले सरकारले घोषणा गरेको बजेटमा होटल ब्यवसायीलाई सम्बोधन नगरेको प्रति गुनासो गरे ।

‘हाम्रो ब्यवसाय धरासायी बन्दै गएको छ, तर सरकारले हामीमाथी सहयोग नगरेपनी हामी सरकारलाई सहयोग गर्न तयार छौँ’ , लामिछानेले भने, ‘हाम्रो महासंघ बैठकले घोषणा गरिसकेका छौँ, सरकारले आवस्यकता अनुसार हामीसंग सम्झौता गरेर हाम्रा होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न सक्छ ।’
उनले सरकारी तवरबाट होटल ब्यवसायीहरुको हित र संरक्षणका लागी बैँक ब्याजमा सहुलियत, ऋणमा सरलता र बिशेण प्याकेजद्धारा होटल ब्यवसायीको मनोवल उच्च राख्न आवश्यक रहेको समेत बनाए ।

अनलाईन (भर्चुअल) बैठकमा अध्यक्ष हिरालाल गौतम, उपाध्यक्ष बिष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष बैकुण्ठ सापकोटा, सचीव तवरेज आलम, सह सचिव अशोक जलान, वरिष्ट सदस्य बिश्णु खडका, सदस्यहरु दशरथ साहु, फेकु श्रेष्ठ, दिपेन्द्र पराजुली, रामकुमार गुप्ता, को उपस्थिति रहेको थियो ।

यस्तै बैठकमा विशेष आमन्त्रित सस्थापक संरक्षक सल्लाहकार युवराज लामा र विजय झुनझुनवाला को पनि सहभागीता रहेको थियो ।

हाल प्रदेश दुईका ८ जिल्लामा सुविधासम्पन्न होटल, रिसोर्ट, लज, गेस्टहाउस तथा पार्टी प्यालेस रहेका छन् भने आधुनिक स्तरका करिव ५ सयको हाराहारीमा साना ठुला होटलहरु संचालनमा रहको उनले जानकारी दिए ।

Write your Comment