आरडीटी पोजेटिभ देखिएका निजगढका ५ वर्षीय बालकको मृत्यु

रातोघर

 २०७७ जेष्ठ ३०, शुक्रबार  मा प्रकाशित
४५० पाठक संख्या


 

३० जेठ, वीरगञ्ज । बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।

स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए । ‘बालकको साँझ मृत्यु भएको छ, स्वाब संकलन गरेर आरटी पीसीआर परीक्षणका लागि नारायणीको ल्याबमा पठाएका छौं’ उनले भने ‘ रिपोर्ट आउन बाँकी छ ।’

onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban