बाराको निजगढमा पूरै नगर ‘सिल’

रातोघर

 २०७७ जेष्ठ ३१, शनिबार  मा प्रकाशित
५२२ पाठक संख्या


 

बारा, जेठ ३१ । बाराको निजगढमा शनिबार कोरोनाभाइरसबाट एक बालकको मृत्यु भएपछि पूरै नगर ‘सिल’ गरिएको छ ।

वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचारकाक्रममा निजगढ नगरपालिका–६, योजनाटोलका पाँच वर्षिय बालकको मृत्यु भएपछि निजगढमा त्रास पनि बढेको हो ।

निमोनिया कारण सिकिस्त बनेका बालकको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । बालकको ‘आरडीटी’ र ‘पीसीआर’ परीक्षण ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

बालकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइसकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

इमेज समाचार

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban