जितपुरमा बैंक तथा वित्तिय संस्था जोखिममा

रातोघर

 २०७७ अषाढ ४, बिहिबार  मा प्रकाशित
२६४ पाठक संख्या


 

बारा, असार ४ । बाराको जितपुर सिमरा उपमहानगर ४ स्थित मसानघाटको ६ बिगाहा ८ कठ्ठा सार्वजनिक जग्गामा ठुला तथा साना बैंक बितिय संस्थाको लगानी जोखीममा परेको छ ।

जग्गा खरीद र भौतीक संरचना निर्माण गर्न मसानघाटको पुर्जा राखेर ऋणमा कारोबार गरेकाहरुले हामी कम्पनी संग पैसा फिर्ता लिए पछि मात्र किस्ता साबा ब्याज बुझाउछौ भनेर ऋणीले बितिय संस्थाहरुलाई जबाफ फर्काउन थाले पछि बैक बितिय संस्थाको करोडोै रकम जोखीममा परेको हो ।

मसानघाट जग्गाका बारेमा अख्तीयार र उच्चस्तरीय जग्गा छानबिन दुई आयोगको निणर्य पुर्बनै प्रोपटी म्यानेजमेन्ट कम्पनीका संचालक ईच्छा बहादुर बाग्ले संग खरीदकर्ताले बैक बितिय संस्थाको दबाब बढेको भन्दै पैसा फिर्ता माग्न थालेका छन भने केहि उधोगीले कानुनी उपचार खोज्ने बताएका छन ।

कम्पनीका संचालक बाग्लेले मसानघाटको १६ सय ५७ नम्बर ठुलोप्लटमा सिभिल बैक कमलादी काठमाण्डौबाट कर्जा लिएका छन भने खरीदकर्ता एभरग्रिन हस्पिटलले सिद्धार्थ बैक र अन्यले बिकाश बैकहरु, सहकारी लगाएतका बितिय संस्थाबाट कर्जा लिई उक्त जग्गा खरीद गरे पछि बैक बितिय संस्थाको लगानी संकटमा पर्न थालेको हो ।

Imagekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban