पथलैयाका स्थानियद्धारा जीतपुर प्रहरी कार्यालय घेराउ, महिला प्रहरी चौधरीले माफी मागिन (भिडियो)

रातोघर

 २०७७ अषाढ १६, मंगलबार  मा प्रकाशित
९३९ पाठक संख्या


सिमरा । इलाका प्रहरी कार्यालय जीतपुरमा कार्यरत महिला प्रहरी शन्तु चौधरीले माफी मागेकी छिन् । जीतपुरसिमरा १ पथलैयाकी २६ बर्षे निशा लामामाथी महिला प्रहरीले आइतबार साँझ निर्घात कुटपीट गरेकी थिइन् ।

पिडितलाई न्याय चाहियो भन्दै मंगलबार इलाका प्रहरी कार्यालय सिमरा आएका पथलैयाका स्थानियले प्रहरी कार्यालय अगाडी नारा जुुलुस समेत गरेका थिए ।

अन्ततः इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ठसंगको छलफलको सहमती अनुसार महिला प्रहरी चौधरीलाई यहाँबाट अन्यत्रै सरुवा गराउने, छानबिन समितीको प्रतिवेदनमा दोषी देखिए अन्य बिभागीय कारवाहीका लागी सिफारिस गर्ने र पिडित लामा सहित परिवारसंग चौधरीले माफी माग्नुपर्ने सहमती भएपछी स्थानियहरु जीतपुर पुगेका थिए ।

जीतपुर प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानियले केही बेर प्रहरी परिसरमा होहल्ला समेत गरेको थिए । केही राजनैतिक दलका नेता कार्यकर्ताको रहोबरमा महिला प्रहरी चौधरीले लामासंग माफी मागेकी छन् ।

यसैबिच इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख डिएसपी दिपक श्रेष्ठले छानबिन समिती गठन गरी चौधरीमाथी अनुसन्धान गरिने र गल्ती देखिए बिभागीय कारवाही हुने बताएका छन् । चौधरीलाई लकडाउन खुलेपछी अन्यत्र सरुवा गरिने समेत श्रेष्ठले बताए ।

आइतबार के भएको थियो ?

आइतबार साँझ जीतपुर बजारमा खटिएका ट्राफिक प्रहरीका सई जयराम पुडासैनी सहित प्रहरीको टोलीले लकडाउन उंलङ्कन गरेको भन्दै केही तिन पांङग्रे सवारी साधन अटोलाई रोकेर जरिवाना तिराउन खोजेपछी सोही अटोमा यात्रा गरेकी लामाले आफुले बिरोध गरेको बताउँछिन् ।

प्रहरीले अटो चालकलाई रु २ हजार ५ सय जरिवाना तिरेमात्र छोडिदिने भनेपछी उनले प्रहरीलाई एक पटकलाई छोडिदिन आग्रह मात्र गरेको लामा बताउँछिन । प्रहरीले अटोको चाबी खोसेर निकै बेर यात्रुहरुलाई दुःख दिएको भन्दै उनले सवालजवाफ गरेपछी प्रहरीले उनलाई समेत प्रहरी कार्यालय लग्यो ।

सोही क्रममा महिला प्रहरी चौधरीले उनीमाथी हातपात गरेपछी उनलेपनी प्रतिबाद गरिन् । त्यसपछी उनलाई कार्यालय भित्र लगियो र लामा माथी निर्घात रुपमा महिला प्रहरी चौधरीले कुटपिट गरिन् ।

पिडित लामाका अनुसार उनलाई महिला प्रहरीले संवेदनशिल अँगमा समेत पाईपले कुटिन् । उनको छाती, गर्धन र कम्मरमा निलडाम देखिएको छ भने खुट्टा कुटाईले फुलेको अल्पाईन अस्पताल सिमराले जानकारी दिएको थियो ।

उनको आफन्तले उनलाई उपचारका लागी सिमरा स्थित अल्पाइन अस्पताल ल्याएको थियो । उपचारका क्रममा उनको शरिरको तापक्रम बढेको र खुट्टा सुन्निएको बताएपछी भिडियो एक्सरेका लागी सिमरा स्थित स्टार पोली क्लिनिक सिमरामा रेफर गरेको थियो ।

क्लिनिकको भिडियो एक्सरेका अनुसार उनको पेटमा गम्भिर चोट लागेको हुन सक्ने बताएको थियो । उनको पाठेघरमा पानी जमेको समेत एक्सरेले देखाएको थियो ।

उनलाई थप उपचारका लागी बिरगञ्ज समेत लगिएको छ । दुखाई सहन नसकेपछी उनलाई थप उपचारका लागी बिरगञ्ज लगिएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban