बाराको कलैयामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

रातोघर

 २०७७ अषाढ १९, शुक्रबार  मा प्रकाशित
७०६ पाठक संख्या


नेकपाभित्र चर्केको विवादका बीच नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले शुक्रबार प्रदर्शन गरेका छन् । बाराको सदरमुकाम कलैयामा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुको प्रदर्शन भएको हो ।
स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड प्रदर्शन भएका छन् ।

प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरु असमल मियाँ ,जगदीश राम ,जुल्फीकार अलि ,रामबाबु चौहान,अमर हुसैन , ईब्राहिम मियाँ , बिशाल राम ,मुकुन्द चौधरीले सम्बोधन गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban