जीतपुरसिमराको बेथिती बिरुद्ध काँग्रेसको ध्यानाकर्षण, ज्ञापनपत्रमा कडा चेतावनी

रातोघर

 १९ असार २०७७, शुक्रबार २०:०६  मा प्रकाशित
३३५ पाठक संख्या



सिमरा । जीतपुरसिमरा उपमहानगरपालीकामा भ्रष्टाचार बढीरहेको भन्दै नेपाली काँग्रेसले शुक्रबार ज्ञापन पत्रमा कडा चेतावनी दिएको छ । नेपाली काँग्रेस नगर कार्यसमितीका सभापती श्यामबाबु गुप्ताको नेतृत्वमा पुगेको काँग्रेस नेता कार्यकर्ताको टोलीले जीतपुरसिमरा नगर कार्यपालीकाको कार्यालयमा पुगी नगर प्रमुख डा. कृष्ण पौडेललाई ज्ञापन पत्र हस्तान्तरण गर्दै नगरलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेको हो ।

बाराका अधिकांस पालिकाहरुले नगर सभा सम्पन्न गरिसक्दा जीतपुरसिमरा उपमहानगर भने आन्तरिक कलह र बिवादमै फस्नुले समग्र उपमहानगरवासीमा नैरास्यता पैदा भईरहेको भन्दै काँग्रेसले तुरुन्त गत आर्थिक बर्षको वास्तविक आय‐व्यय बिवरण सहित नगर सभा सम्पन्न गरी बजेट सार्वजनिक गर्न अपिल गरेको छ ।

स्थानिय तह संचालन ऐनको परिच्छेद १० को ७१ मा आगामी आर्थिक बर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालीकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नुपर्ने कानुनी ब्यवस्था भएको भन्दै चालु आर्थिक बर्षको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम, आय व्ययको अनुमानित बिवरण र मध्यकालिन खर्च संरचना समेतको बिवरण खुलाई तुरुन्त नगर सभा गर्नुपर्ने बिज्ञप्तीमा आग्रह गरिएको छ ।

नगरका वडाहरुका बिकासका बजेट ८० प्रतिशतको हाराहारीमा खर्च गर्न सफल भएपनी नगरको बजेट २५ प्रतिशतको हाराहारीमा खर्च गरेको प्रति काँग्रेसले बिरोध गर्दै वडाको बिकास बजेट बिनियोजन गर्दा भौगोलिक अवस्था, जनसंख्याको आकार र भु वनावटको आधारमा बिनियोजन गर्नुपर्नेमा हजुवाको भरमा र दुई तिहाईको दम्भमा मनोमानी बिनियोजन गर्न खोजेको प्रति कडा आलोचन ब्यक्त गरेको छ । बिज्ञप्तीमा वैज्ञानिक आधार र मापदण्ड निर्धारण गरी वडागत बजेट बिनियोजन गर्न आग्रह गरिएको छ ।

ऐतिहांसिक जनआन्दोलन २०६२÷६३ को परिवर्तन पश्चात पहिलो स्थानिय निर्वाचनको मताधिकारबाट चुनिएको दुई तिहाईको सरकारले निर्वाचनमा जनताको घर आँगनमा बाँडेका सपनाहरुलाई पुरा गर्न नसकेको बिज्ञप्तीमा आरोप छ ।

काँग्रेसले नगरको सडक सञ्जालमा ब्यापक अनियमितता भएको आशँका भएको भन्दै गत आर्थिक वर्षको बिकास बजेटको आय‐व्यय सार्वजनिक गर्न समेत माग गरेको छ । बिज्ञप्तीमा ८ सुत्रिए माग राख्दै नगर कार्यसमितीले बिभिन्न माग अगाडी सारेको छ ।

बिज्ञप्तीमा मेयरले चुनाबी अभियानमा जनतालाई भ्रम छरेको भन्दै चुनावी नारालाई कार्यान्वयमा ल्याउन नसकेको प्रती आलोचना समेत व्यक्त गर्दै आगामी दिनमा जनताको सपनलाई कार्यान्यवन गराउन काँग्रेसले सशक्त अभियान संचालन गर्ने समेन बिज्ञप्तीमा चेतावनी छ ।

यसैगरी नगरमा संचालन गरिएको कोरोना अस्पतालको खर्च बिवरण समेत सार्वजनिक नगरिएको प्रती काँग्रेसले भत्र्सना गरेको छ । नगरमा संचालनमा रहेको ठुला उद्योगका प्रदुषण न्युनिकरणका लागी पनी काँग्रेसले स्थानिय सरकारलाई खवरदारी गरेको छ ।

नगरको न्यायपालीका कमजोर भएको प्रति दुःख ब्यक्त गर्दै काँग्रेसले नगरको न्यायपालीकालाई निकम्माको संज्ञा दिएको छ ।
काँगेस नगर सभापनी श्याम बाबु गुप्ताले अब पर्ख र हेरको समय समाप्त भएको भन्दै खवरदारीलाई शशक्त ढँगबाट अगाडी बढाइने जानकारी दिए । उनले दुई तिहाईको सरकारले जनतालाई भ्रम छरेको आरोप लगाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पौडेलले नेपाली काँग्रेसले उठाएका सवालहरुमा आँफू गम्भिर हुने बताएका थिए । नगरका गतिविधिहरुमा चासो देखाएर सचेत बनाउने काम गरेको भन्दै नगर प्रमुख पौडेलले काँग्रेस नगर सभापति गुप्ता सहित सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै ध्यानाकर्षण पत्र बुझाउनुको उद्देश्यका विषयमा शुक्रबारनै काँग्रेस जीतपुरसिमरा उपमहानगर कमिटीले सिमरामा पत्रकार सम्मेलन समेत गरेको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर सभापति गुप्ताले उपमहानगरका गतिविधिहरुलाई तीनवर्ष सम्म नजिकबाट नियालेको र अहिले वेथिती ह्वातै बढेकाले आँफूहरु बोल्नु परेको बताए । ‘हामी तिन वर्ष चुप लाग्यौँ, अब सहन सक्ने अवस्था नै रहेन,अब हामीले खवरदारी गरेनौँ भने उपमहानगरको अवस्था पुरै नाजुक हुनेछ’ सभापति गुप्ताले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा, काँग्रेस जीतपुरसिमराका कृष्णव्रत सिंह, नारायणी रायमाझी, हरि थपलिया, सुशील ढोंडारी, काँग्रेसका युवा कार्यकर्ता रविन श्रेष्ठ, अन्य सुवेच्छुक युवा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment