कोल्हवी नगरपालिकाको नयाँबस्ति बुद्धनगरमा सडक ढलान शिलान्यास

रातोघर

 २० असार २०७७, शनिबार २१:३३  मा प्रकाशित

नयाँबस्ति : बाराको कोल्हवी नगरपालिका ८ नयाँबस्ति बुद्धनगरमा निर्माण हुन लागेको पक्कि सडकको शुक्रबार नगर प्रमुख भरतवहादुर भण्डारीले शिलान्यास गर्नुभएको छ ।
नगरको १५ लाख वडाको ३५ लाख  गरी कुल ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडक निर्माणपछि नयाँबस्तिका स्थानीयलाई सहज हुनेछ ।
वडा भित्रका सबै सडक पक्कि बनाउने लक्ष्य अनुसार काम भइरहेको र आर्थिक वर्ष ०७६।७७ को विनियोजित बजेट अनुसार सडक ढलानको कार्य शुरु गरिएको वडा अध्यक्ष सार्थक पौडेलले बताउनुभयो । स्थानीय उपभोक्ता समिति मार्फत गुणस्तरीय निर्माणमा वडाको जोड रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

Write your Comment