सिमरामा मास्क नलगाउनेलाई कारवाही : प्रहरीको रुखो प्रश्न ‘तेरो मास्क खै ?’

जरिवाना उठाउने प्रहरीको यस्तौ शैली

रातोघर

 २३ असार २०७७, मंगलवार १८:३४  मा प्रकाशित
११०२ पाठक संख्या



सिमरा । सिमरा बजारको एउटा कोणमा मंगलबार बिहानै एउटा प्रहरीको झुण्ड देखिए । उनीहरुले मास्क नलगाउनेलाई एक जय जरिवाना संकलन गरिरहेका रहेछन् ।

प्रहरी नायव निरिक्षक जेपि महतो सहित ट्राफिक प्रहरीको संयुक्त समुहले मास्क नलगाउनेलाई एक सय जरिवाना लिई हस्ताक्षर गरेर जान आग्रह गरिरहेका थिए ।

यहाँ प्रहरीले मास्क लगाउन अभिप्ररित अभियान भन्दापनी एक सय जरिवाना तिर्न लगाई कारवाहीको सुचीमा जवरजस्ती नाम थप्न खोजिरहेका थिए ।

सिमराका एक जना डाक्टर पनी यो अभियानको सिकार बने । उनले बाटोपारीबाट खाना खाएर क्लिनिक छिरेका थिए । खाना खान जाँदा मास्क अस्पतालमै छोडेर गएका डाक्टरलाई सिस्टम भन्दै एकसय लिई कारवाहीको सुचीमा प्रहरी नायव निरिक्षक महतोले नाम थपिदिए ।

 

सर्वसाधारणलाई प्रहरीले यो बेला कस्तो ब्यवहार गर्ने, थर्काउने कि फकाउने ? तर प्रहरी नायव निरिक्षक महतोको समुहले सिमराको दोबाटोमा बसेर सर्वसाधारणलाई ‘तेरो मास्क खै ?’ १ सय झिक् , सा.. जस्ता भाषाहरु प्रयोग गरिरहेका थिए । तर उनी आर्फैले बेला बेला मास्क खोलेर सय रुपैँया तिर्न नसक्ने सर्वसाधारणलाई थर्काइरहेका थिए । र उनको पैसा सकलन गर्ने हातमा कुनै सुरक्षा थिएन ।

रु १ सय जरिवान संकलन अभियान राम्रो भएपनी सर्वसाधारणहरुमाथी दबङ्ग शैलीमा प्रस्तुत भइरहँदा स्थानियहरुले समेत प्रहरी कार्यशैलीको आलोचना गरिरहेका थिए ।

जीतपुरसिमराका एउटा वडा अध्यक्ष त्यही अभियानमा जम्काभेट भए । उनले मोटरसाइकमा हिड्दा खोलेपनी समुहमा उभिँदा अनिवार्य लगाउने गरेको भन्दै तुरुन्तै खल्तीबाट मास्क झिके र माफ माग्दै माास्क लगाए ।

तर प्रहरीले ‘हामी जो भएपनी छाड्दैनौ’ भन्दै उनीमाथी पिटौँला नै जसरी जाईलागे र सय रुपैँया लिइछाडे । त्यस्तै एकजना बोल्न नसक्ने अशक्त १३÷१४ बर्षे बालकमाथी उनीहरु भन्दै थिए ‘जा घरबाट सय रुपैँया लिएर आइज’ ।

सडकमा बसेर चार पाँग्रे निजी सवारी साधनमाथी प्रहरीहरुको आँखा थिएन । उनीहरुको आँखा एक सय सजिलै तिर्न सक्ने सडक किनारमा हिडदै गरेका बिपन्न मानिसहरु, ज्याला मजदुरी गर्न हिँडेका साइकल\मोटरसाइकल यात्रीहरु टार्गेटमा थिए ।

 

प्रहरीहरुले एक सय जरिवाना लिईरहँदा न उनीहरुसंक हातको सुरक्षा थियो , न राम्ररी मास्क लगाएका थिए । यही अभियानले कोरोना संक्रमण भएको कुनै ब्यक्ति १ सय तिर्न त्यो झुन्डमा पुग्यो भने ति एक सय संकलक प्रहरीहरुको हालत के होला ? र प्रहरीहरुबाटै सर्वसाधारणमा संक्रमण फैलिन सक्ने अवस्था आयो भने जिम्मेवारी कस्ले लिने ?

यता सिमरा बजारको चहलपलह फेरी पुरानै लहमा फर्किसकेको छ । प्रायको मुखमा मास्क अनिवार्य जस्तै देखिन्थ्यो । यहाँ संक्रमणको जोखिम उच्च छ । सबै सचेत हुन आवस्यक छ । तर मास्क लगाएर मात्रै कोरोना नलाग्ने होईन भन्ने सबैले बुझ्न जरुरी छ ।

Write your Comment