सिमरामा प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुको प्रदर्शन

रातोघर

 २०७७ अषाढ २४, बुधबार  मा प्रकाशित
५२८ पाठक संख्या


सिमरा,२३ असार
बाराको सिमरामा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा युवाहरुले बुधबार प्रदर्शन गरेका छन ।
नेकपाभित्र चर्केको विवादका बीच नेकपा नेताहरुले राजीनामा मागेपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन ।
स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले सडकमा निस्किएको बताएका छन् । प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा ‘आज होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई, नयाँ प्रधानमन्त्री आम निर्वाचनपछि बन्ने हो,अस्थिरता निम्त्याउनेहरु होसियार, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलाल मुर्दाबाद,’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।
त्रिलोक बिक्रम ठाकुरीको अगुवाइ निस्केको रयालीमा खुसी श्रेष्ठ , हीरा बस्नेत, जगदीस राम, रामबाबु चौहान, भैयाराम सहनी, ईस्वर थापलिया, धनबहादुर श्रेष्ठ, आरिफ हुसेन, कपिल खरेल, गणेश कोइराला, शेष आरिफ, अवध साह, बोधा महतो, ज़ुल्फ़िकार अली, इब्राहिम मिया, राजकुमार थापा, रत्न उप्रेती, फिरोज आलम, बिशाल राम, मेहबूब मिया, इमाम आलम, किसुन राम लगायत ४ सय जनाको सहभागिता रहेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban