

कोल्हबी,बारा
बाराको कोल्हबी न.पा. वडा नम्बर ८ अन्तर्गत आसामटोलमा बाघ प्रवेश गरेको खबर प्राप्त भएको छ।
उक्त बाघले स्थानियको एउटा गाई समेत मारेको स्थानियले बताएका छन् ।
गाउमा बाघ छिरेपछि स्थानिय निकै त्रसित बनेका छन। बाघले गाउँमा निकै क्षेती पुर्याउने संका गरिएको छ।
यसै खबर थाहा भएपछि कोल्हवी नगरपालिका ८ का वडा अध्यक्ष सार्थक पौडेलले गाउमा बाघ पसेपछी स्थानियलाई घर बाहिर ननिस्कन भन्दै फेसबुक स्टाटस मार्फत आग्रह गरेका छन।





Write your Comment