

बारा । नेपाली काँग्रेस निकट बुद्धिजिवीहरु आवद्ध नेपाल प्रजातान्त्रिक महासंघ बाराको संयोजकमा सार्थक पौडेल मनोनित भएका छन् । कोल्हबी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष समेत रहेका पौडेललाई शनिबार जिल्ला संयोजकको जिम्मेवारीमा मनोनित गरिएको हो ।
प्रदेश नम्बर २ का प्रदेश संयोजक स्वयम्भु नाथ यादवले बारा जिल्लाको संयोजकका रुपमा पौडेललाई घोषणा गरिएको जानकारी दिए । उनले संयोजक पदमा मनोनित गरेपनी अन्य कार्यसमिती सदस्यहरु भने तय गर्न बाँकी रहेको बताएका छन् ।
नेपाली काँग्रेसको वैचारिक तथा सुभेच्छुक संस्थाको रुपमा नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै गइरहेको र यसमा देशभरका बौद्धिक, पेशाकर्मी , सेवा निवृत्त राष्ट्रसेवक , उद्योगी, व्यवसायी र वित्तीय तथा सहकारीकर्मीहरु आबद्ध रहेको बताईएको छ ।
लकडाउन खुल्नासाथ यस महासंघको आयोजनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा उप(सभापति , महामन्त्री सहित दर्जन केन्द्रीय नेताहरुलाई आमन्त्रण गरी राष्ट्रिय स्तरको कार्यक्रम गर्ने भएको छ ।
यसैबिच महासंघको १० आमन्त्रित केन्द्रीय सदस्य सहित ४१ सदस्यीय केन्द्रीय समिति रहेको छ भने ७७ वटै जिल्लामा यसले आफ्नो संगठन विस्तार गरेको बताइएको छ ।





Write your Comment