सिरहा : ५ लाख घुससहित २ जना पक्राउ

रातोघर

 २०७७ अषाढ ३१, बुधबार  मा प्रकाशित
३४२ पाठक संख्या


सिरहा – कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित दुई जना पाँच लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान नगरपालिका २२ भोटियाटोल नजिकैको एक पेट्रोल पम्पबाट मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई बुधबार अपराह्न घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कल्याणपुरका मेयरले विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको पाँच लाख घुस लिन छोरालाई पठाएको बेला अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको हाे ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएकाे छ ।

उज्यालो अनलाइन

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban