सिमरामा संगीत पाठशालाको उद्घाटन, पैसा नहुनेलाई निशुल्क शिक्षा

रातोघर

 १ श्रावण २०७७, बिहीबार १३:४१  मा प्रकाशित

सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरामा बुधबार संगीत पाठशालाको औपचारिक उद्घाटन गरिएको छ ।

Da Music Institute नामक पाठशालाको उद्घाटन गर्दै काँग्रेस नगर सभापती श्यामबाबु गुप्ताले सिमरालाई संंगीतको हबका रुपमा बिकास गर्द स्थानिय तहलाई समेत ध्यानाकर्षण गराएका छन् ।


उनले संगीत शिक्षालाई सरकारको आधारभुत पाठ्यक्रममा समेत समावेश गर्न आवश्यक रहेको भन्दै पाठशालालाई कुनै पनी तवरले आफुले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

जीतपुरसिमरा १ पथलैयाका संगीतकर्मी दिपान्जन लामाको एकल लगानीमा सिमरामा स्थापना गरिएको संगीत पाठशालामा संगीतका सबैखाले बिधाको पठनपाठन गराईने बताईएको छ ।

प्रदेश २ मा नमुना संगीत पाठशालाका रुपमा यस इन्चिच्युटलाई बिकास गरी प्रदेशमै साँगितीक क्षेत्रलाई बिकास गरी अब गीती एल्बम निर्माणका लागी समेत तयारी अगाडी बढाईने लामाले जानकारी दिए ।

लामाले खर्चको अभावमा संगीत सिक्न नसक्नेहरुका लागी पनी पाठशालाले निशूल्क शिक्षा दिने घोषणा समेत गरेका छन् । कार्यक्रममा जीतपुरसिमरा १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, संगीतकर्मी तथा गायक बिकास पाण्डे, संचारकर्मी दिवाकर भण्डारी, संगितकर्मी राजकुमार लामा लगाएतको उपस्थिती रहेको थियो ।

Write your Comment