

जीतपुर । बिश्वको प्राचीन सनातन हिन्दु धर्म र यसका अनुयायीहरुमाथी आजकल दिनहुँ दमन शोषण बढ्दै गईरहेको एक समुहको बुझाई छ ।
हिन्दु धर्मले सधै सबैलाई सदाचार ब्यवहार गर्न सिकाएको छ ।तर हालसालै ईस्लामिक देश पाकिस्तानमा हिन्दु धर्म तथा धर्मावलम्बीहरुमाथि भईरहेको दमन तथा शोषण असहय हुदै गएको कतिपयको बुझाई छ ।
आज बाराको जितपुरसिमरा उपमहानगरपालिकाको जितपुरमा राष्ट्रिय एकता अभियानका राजा गिरीको अध्यक्षतामा हिन्दु धर्मावलम्बीहरुले शन्तिपुर्ण रयाली निकालेका छन्। उक्त रयालीमा पाकिस्तानमा हिन्दु मन्दिर माथि भईरहेको तोडफोड तथा कृष्ण मन्दिर बनाउन रोक लगाएकोमा बिरोध प्रदर्शन भएको थियो ।
हिन्दु धर्मावलम्बीहरुको अत्याधिक सहभागिता रहेको रयाली जितपुर परिक्रमा गरि जितपुरको मेनरोडमा कोणसभा गरी सम्पन्न भयो । कोणसभामा गिरीले हिन्दु माथिको दमनका बिरुद्ध पाकिस्तान सरकारलाई त्यस्तो दमन नगर्न नगराउन ध्यानाकर्षण गराएका थिए ।
समाचार स्रोत : मनोज शाह





Write your Comment