

काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
मध्यराति घरमाथीबा६ आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो । हिजो मात्रै गजुरी गाउँ पालिकामा छ घर पहिरोले बगाउदा १७ वर्षीय किशोरीको मृत्यु भएको थियो ।





Write your Comment