जगदम्बा स्टिलको मजदुर युनियनको नयाँ कार्यसमिति चयन, अध्यक्ष पदमा दिपक बिक

रातोघर

 २०७७ श्रावण ६, मंगलबार  मा प्रकाशित
४५८ पाठक संख्या


बारा  जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलको मजदुर युनियनको नयाँ   कार्यसमिति चयन भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत  रहेको अखिल नेपाल औद्योगिक मजदुर संघको युनियनको नयाँ  कार्यसमिति चयन भएको हो । युनियनको हालै सम्पन्न सातौ साधारणसभाले पुनः दिपक बिककै अध्यक्षतामा नयाँ  कार्यसमिति चयन गरेको हो साधारणसभाले युनियनको सञ्चार प्रवक्तामा विकास पाण्डेलाई चयन गरेको छ ।

नव गठित कार्यसमितिलाई युनियनका सल्लाहकार संयोजक श्यामप्रसाद खनाल र नविन थापले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । मजदुरको क्षेत्रमा यस युनियनले लामो समयदेखि सक्रिय भुमिका निर्वाह गर्दै आएको छ । ‘हामी मजदुरहरुको समस्या बुझ्छौ, उनीहरुको समस्या समाधान गछौ, सधै मजदुरकै पक्षमा छौ’ नव गठित कार्यसमितिका सचिव दिपक कार्कीले भन्नुभयो । नेपालकै सबैभन्दा ठुलो स्टिल कम्पनीको रुपमा आफुलाई स्थापित गराउदै आएको जगदम्बामा बिगत आठ बर्षदेखि युनियनको पुरानै कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हाल्दै आएको छ ।

जगदम्बामा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट बाहेक अन्य कुनैपनि पार्टी निकट संगठन छैन् । लामो समयदेखि मजदुरहरुले गरेको बिस्वास नै आफुहरुको लागी प्रयाप्त रहेको युनियनका सह सचिव बिनोद अधिकारीले बताउनुभयो ।

यसैबिच, आठ बर्षदेखि युनियनले मजदुर क्षेत्रमा गरेको कामको उच्च प्रसंसा गर्दै जगदम्बा स्टिलका निर्देशक पवन बाबु गुप्ताले आगामी कार्यकालको समेत शुभकामना व्यक्त गर्नुभयो । यस्तै जगदम्बाका निर्देशक अनुराग शर्माले पनि सम्पुर्ण कार्यसमिति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban