

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुरमा एक युवकको र रामनगर गाउँपालिकामा एक वृद्धको मृत्यु् भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ४ मा रहेको अम्बेमा खोलामा पौडी खेल्न गएको युवक ३ दिन पश्चात हिजो मृत अवस्थामा फेला परेका थिए ।
लालबन्दी नगरपालिका वडा नं.४ बस्ने १९ वर्षिय बिशाल गोले गएको ४ गते खोलामा पौडि खेल्न गएका थिए । गोलेलाई बाढिले बगाएपछि बेपता भएका थिए । सागरनाथ वन विकास परियोजनाका स्टाफहरुको लागि निर्माण गरिएको लेवर हाउस नजिक खोलाको बगरमा घोप्टो परेको अवस्थामा गोलेको शव भेटिएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । गोलेको शव पोष्टमार्टम लागि मलंगवा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाहीको रामनगर गाउँपालिकामा पनि एक जना वृद्धलाई खोलाले बगाउँदा वृद्धको मृत्यु भएको छ । वडा नं.६ मलघाटामा रहेको कुण्डि नहरको लच्का तर्ने क्रममा सोही वडा बस्ने ४५ वर्षिय बजेन्द्र झाँलाई बुधवार खोलाले बगाउँदा बेपता भएका थिए । बेपता भएको झाको शब खोलाबाट ५ सय मिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कु्वँरले जानकारी दिए ।





Write your Comment