‘रातोघर मास्क फोटो प्रतियोगीता’ को बिजेता घोषणा, उत्कृष्टलाई पाँच हजार नगद

रातोघर

 १३ श्रावण २०७७, मंगलवार ०८:४५  मा प्रकाशित

सिमरा । प्रदेश २ स्थित बाराको जीतपुरसिमरा उपमहानगरपालीकाबाट संचालित रातोघर डटकमले आयोजना गरेको ‘मास्क फोटो प्रतियोगीता’ को विजेयता मंगलबार सार्वजनिक गरेको छ ।

कोरोना भाइरसले विश्व आक्रान्त भई नेपाललाई समेत लकडाउनको अवस्थामा पुर्याएपछी रातोघरले घर बाहिर ननिस्कन र अत्यावश्यक कामका लागी निस्कनै गरे अनिवार्य मास्कको प्रयोग गर्न सन्देश दिने अभिप्रायले आयोजना गरेको प्रतियोगितामा पाठक वर्गले पठाएका ३९ तस्बिरहरु समावेश भएका थिए ।

जसमध्ये ९ औँ नम्बरकी सहभागी अनिता हमाल, (सिमरा) लाई छनौट गरिएको छ । उनले ५ हजार राशीको नगर पुरस्कार प्राप्त गरेकी छन् । उनलाई रातोघरसंग सम्पर्क राखी पुरस्कार प्राप्त गर्न समेत आग्रह गरिएको छ ।

३९ सहभागी मध्ये लाइक, कमेन्ट, शेयर र भ्युजका आधारमा उत्कृष्ट एक जनालाई मंगलबार बिजेयता घोषणा गरिएको हो ।

प्रतियोगीताका संयोजक बिवेक न्यौपानेका अनुसार लकडाउन खुल्ला भएको भोलीपल्टै बिजेयता घोषणा गर्नुपर्ने भएपनी बिशेष कारणबस् मंगलबार (आज) सार्वजनिक गरिएको बताए ।

न्यौपानेले सहभागीहरुबाट प्राप्त भएका सबै तस्बिरहरुलाई प्रतियोगितामा सहभागी गराउन नसकिएकोमा दुःख ब्यक्त गर्दै आगामी दिनमा अन्य रोचक प्रतियोगिताहरुमा पनी पाठकवर्गको यस्तै सदभाव र मायाँ पाउने आशा राखेको बताएका छन् ।

Write your Comment