वीरगन्जकी महिलाले आइसाेलेसनमै बच्चा जन्माइन्

रातोघर

 १६ श्रावण २०७७, शुक्रबार ११:०१  मा प्रकाशित

वीरगन्ज– १ छपकैयाकी ३१ वर्षीया कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चा जन्माएकी छन् । शुक्रबार नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा उपचाररत महिलाले आइसोलेसनमै बिहान ४ बजे छोरी जन्माएकी हुन् ।

कोरोना संक्रमित आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए। उनका अनुसार संक्रमित महिलालाइ बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित महिला बिहीबार साँझ सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति नै उनलाइ एम्बुलेन्समा राखेर कोभिड अस्पतालमा ल्याएका थिए ।

बिहान नवजात शीशुको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको सिंहले बताए ।

तिवारी यादव,
वीरगन्ज

Write your Comment