बारामा दुई परिवार समाज बहिस्कृत

रातोघर

 २०७७ श्रावण १८, आईतबार  मा प्रकाशित
५३६ पाठक संख्या


बाराको सुवर्ण गाउँपालिकाको वडा नम्बर ६ का एक परिवारलाई समाजबाट बहिस्कृत गरेका छन । स्थानीयहरूले भेला गरी समाजबाट बहिस्कृत गरेपछि एक घर परिवार बिचल्लीमा परेका छन ।

सुवर्ण गाउँपालिका–६ धरमपुरका स्थानीयहरूले पञ्चायत नै बसाली समाजबाट बहिस्कृत गरेपछि स्थानीय अवधेश भन्ने ओमप्रकाश यादवको परिवार बिचल्लीमा परेको हो ।

ब्रहमबाबा पुजाको लागि स्थानीयहरूले डांकेको पञ्चायतबाट घरपरिवारसंग नबोल्ने, धनकुटी मिलमा नजाने, टयाक्टरसँग काम नगराउने, घरआंगनमा कसैले पनि नजाने, खेतमा नजाने, कसैले उलंघन गरे ४० हजार जरिवाना गर्ने उर्दी जारी गरेपछि आफुहरू बिचल्लीमा परेको अवधेशले दुखेसो पोखेका छन ।

स्थानीय गणेश यादव, ओमप्रकाश यादव, बिरेन्द्र यादव, मिश्रीलाल चौरसिया लगायतकाले पन्चायत डांकेर समाजबाट बहिस्कार गरेको अवधेशले आरोप लगाएका छन । स्थानीय श्यामसुन्दर प्रसाद यादवले आफनो टयाक्टर चलाउंदै आएपनि स्थानीयहरूले टयाक्टर चलाउन नभनेपछि बीच गाउँमै आफनो टयाक्टर अलपत्र अवस्थामा रहेको गुनासो गरेका छन ।

स्थानीयहरूले भनेपछि अवधेशको घरपरिवारसंग कसैले बोलचालन नगर्ने, खेतमा नजाने, मिलमा नजाने अटेर गरे जरिवाना हुने शुक्रबार राती गांउपुकार गरेको स्थानीय चकुदार जग्गा हजराले बताए ।

आफन्त कहाँ गएकाले घटनाबारे जानकारी नभएको र कसैले पनि आफुलाई जानकारी नगराएको वडा सदस्य जिम्मीलाल यादवले बताए ।

आफुहरूले कसैलाई पनि समाजबाट बहिस्कार नगरेको र आफुहरू माथि लगाईएको आरोप गलत रहेको गणेश यादवले दाबी गरेका छन् । यसअघि २०७६ बैशाखमा पनि अवधेश यादव परिवारलाई सामाजिक बहिष्कार गर्दै गांउनिकाला गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban