पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

रातोघर

 २०७७ श्रावण २०, मंगलबार  मा प्रकाशित
३२१ पाठक संख्या


बाराका २ जना सहित पर्सामा सोमबार राति थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ६ महिला र २८ पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

सोमबार राति थपिएका संक्रमितहरु १४ देखि ५६ वर्ष उमेर समुहका रहेको उपाध्यायले बताए । उनका अनुसार ३४ जनामामध्ये आफैँले पैसा तिरेर परीक्षण गराएका, मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु छन् ।

३४ जना संक्रमितमध्ये २६ जना वीरगन्ज महानगरपालिकाका हुन् भने बाराका २ जना छन् । यस्तै जिराभवानी गाउँपालिकाका १ जना र पोखरिया नगरपालिकाका ३ जनामा पनि संक्रमण भेटिएको छ ।

वीरगन्ज बस्दै आएका सर्लाही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार बिहान पर्सामा ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

नयाँ पत्रीका

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban