जितपुरसिमराको उद्योगमा एकजनालाई कोरोना पुष्ठि , सिल गर्ने तयारी

रातोघर

 २०७७ श्रावण २४, शनिबार  मा प्रकाशित
३४९ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको उद्योगमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखा परेको छ ।

म्याग्नेस फर्माच्युटिकल्स प्रा.ली. मा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । केही दिन अघि उनको परिवारको सदस्यमा कोरोना संक्रमण देखापरेपछी आफ्नो कर्मचारीमा कोरोना संक्रमण रहेनरहेको पता लगाउन उद्योग प्रशासनले कुनै चासो नदिएको र उद्योग पनि निर्वाध रुपमा संचालन गर्दै आएको भन्दै यसाबट आफुहरुमा कोरोना संक्रमण फैलने सक्ने भन्दै स्थानियहरु त्रसित बनेका थिए ।

उधोगमा बिरगंज १५ स्थाई घर भएका `क्वालिटी चेक´ का कर्मचारी हुन् । यसैबिच वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानले उधोगमा काम गर्नेहरुको पिसिआर परिक्षण गर्न दबाब दिएपछी उनि संक्रमण रहेको खुलेको छ । उधोगमा काम गर्ने कर्मचारीमा संक्रमण देखिएपछी उधोगलाई सिल गर्ने तयारीका लागि प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरिरहेको देवानले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban