जगदम्बा स्टीलका १०० मजदुरको पिसिआर परिक्षण

रातोघर

 २०७७ श्रावण २५, आईतबार  मा प्रकाशित
९९६ पाठक संख्या


 

सिमरा : जीतपुर सिमरामा कोरोनाको जोखीम बढ्दै गएपछि जगदम्बा स्टीलस् सिमरामा कार्यरत मजदुर कर्मचारीहरुको कोरोना परिक्षणका लागी स्वाब संकलन गरिएको छ ।

कोरोना महामारीकै बीच एक साता देखी बन्द रहेको उद्योगमा आज १०० जना मजदुर कर्मचारीको स्वाब संकलन गरि काठमाडौंमा पठाएको उद्योग प्रशासनले जनाएकोछ । उद्योग हाताभित्र प्रारम्भिक लक्षण देखिएका १० बिभागका १०/१० जनाको दरले १०० जना मजदुर कर्मचारीको पिसिआर परिक्षणको स्वाब संकलन गरिएको हो ।

कोरोना महामारिको बेलामा उद्योग प्रशासनले मजदुर कर्मचारीको स्वास्थ्यमा गम्भीर नभएको भन्दै सम्पुर्ण मजदुर कर्मचारीको स्वास्थ्यको ग्यारेन्टी लिनुपर्ने माग राखी जगदम्बा मजदुर युनियनले गत एक सातादेखि उद्योग बन्द गर्दै आएको छ ।

हिजोमात्रै उद्योग प्रशासनले ३०० भन्दा बढी मजदुरको आरडीटी परिक्षण गरेको थियो तर आरडीटी परिक्षण फलदायी नभएको भन्दै मजदुर युनियनले पिसिआर परिक्षणको माग गरेपछी उद्योगले काठमाडौबाट स्वास्थ्यकर्मीको टोली मगाएको हो । मजदुर युनियनको दबाबको कारण आज बिध ल्याब काठमाडौबाट ६ जना स्वास्थ्यकर्मीको टोली आएर स्वाब संकलन गरेको हो ।

अब मजदुर कर्मचारीहरुको कोरोना पोजेटिभ आएको खण्डमा कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा आवश्यक छलफल भइरहेको मजदुर युनियनका सचिब दिपक कार्कीले जानकारी गराउनु भयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban