पर्सामा थप ७० जनामा कोरोना संक्रमण

रातोघर

 २०७७ श्रावण २७, मंगलबार  मा प्रकाशित
३३५ पाठक संख्या


 

पर्सामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २२ महिला सहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेहरु ५ वर्षदेखि ८६ वर्ष उमेर समूहका छन् ।

संक्रमित हुनेमा बाराका ५ जना, पर्सा धोबिनी गाउँपालिकाका १ जना र बाँकी सबै वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका हुन् । योसँगै संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताका सुरक्षाकर्मी र नेशनल मेडिकल कलेजका चिकित्सक पनि छन् ।

यस्तै संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका १ जना, वडा प्रहरी कार्यालय वीर्ताका ८ जना, नारायणी अस्पतालका ४ जना, बाराका ५ जना र धोबिनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको मेसु डा. उपाध्यायले बताए ।

यसैगरी वीरगन्ज -४ विर्ताका १० जना, वीरगन्ज -१ छपकैयाका ५ जना, मुर्लीका २ जना रहेका छन् ।

यसअघि यहाँ आइतबार राति २२ जना कोरोना संक्रमित थपिएका थिए । पर्सामा हालसम्म १ हजार १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ जनाको मृत्यु भइसकेको छ। साउन यता मात्र १८ जनाको मृत्यु भएको मेसु डा. उपाध्यायले बताए ।नया पत्रीका

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban