

सिमरा । पछिल्लो समय जगदम्बा स्टिल कोरोना संक्रमणको हब बनेको छ । केहीदिन अघि मात्रै ११ जनामा कोरोना संक्रमण देखिएपछी स्थानियमा त्रास फैलिएको छ ।
जगदम्बामा आसपासका र भारतिय नागरिकहरु सैयौँको संख्यामा काम गर्छन । र भारतिय नागरिकहरु आसपासमै डेरामा बसोबास गर्छन । संक्रमित ११ मध्ये ६ जना क्वारेन्टिनमा बसेका छन्भने बाँकी सम्पर्कमा छैनन् ।
आज स्थानिय तह सहित सरोकारवाला निकायले सिमरा स्थित सिमरा इन होटलमा गरेको बैठकमा उद्योगलाई सिल गर्ने बिषयमा सहमती जुट्न नसकेपछी स्थानियले होटल बाहिर नै बिरोध जनाएका थिए ।
यसैबिच रातारात उद्योगभित्रका कामदारलाई ट्रकमा ओसारपसार हुन थालेको थाहा पाएपछी स्थानिय युवाले ट्रक घेराउ गरी मजदुरलाई बाहिर निकालेको छ । सामान्य मापदण्ड समेत प्रयोग नगरी उद्योगले एउटै ट्रकमा ३० जना भन्दा बढी मजदुर राखेर गन्तब्य पुर्याउन खोजेको थियो ।

केही प्रत्यक्षदर्शी युवाहरुका अनुसार उद्योगले सैयोको संख्यामा आफ्ना मजदुरहरुलाई ट्रकमा राखेर उद्योग बाहिर निकालेको छ । पिसिआर परिक्षण नगरी ति मजदुरहरुलाई बाहिर निकालेको थाहा पाएपछी युवाहरु त्यहाँ पुगेका हुन् ।
स्थानिय प्रदुशण नियन्त्रण सचेतक युवा कृष्ण अधिकारीका अनुसार उद्योगले पिसिआर परिक्षण नगरी आफ्ना मजदुरलाई बाहिर निकाल्नु स्थानिय तह र प्रशासनमाथीको ठुलो लज्जाको बिषय बनेको बताउँदै उद्योगले अब गाउँ गाउँमा कोरोना संकमण फैलाउन सक्ने आशँका ब्यक्त गरे ।
ट्रकमा खाँदेर मजदुरलाई किन हुलियो ? कहाँ जाँदैछन यि मजदुर ? पिसिआर परिक्षण नगरी कसरी बाहिर आए ? भन्दै स्थानिय सचेत युवाले उद्योगका मजदुर बोकेको ट्रकलाई घेराउ गरेका हुन् ।
अधिकारीका अनुसार उद्योगले पिसिआर परिक्षण र क्वारेन्टाइनको ब्यवस्था गरेर मात्र बाहिर निकाल्नुपर्ने भन्दै मजदुरलाई अन्यत्र जानबाट रोकेका हुन् ।
यो पनी पढ्नुहोस् । https://www.ratoghar.com/2020/08/12/10314/





Write your Comment