जीतपुरसिमरामा कोरोनाले एक जनाको ज्यान गयो

रातोघर

 २०७७ श्रावण २९, बिहिबार  मा प्रकाशित
५६४ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरानाका कारण एक जनाको ज्यान गएको छ ।

नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षे शेख समी उल्लाह ननकको बिहिबार बिहान ज्यान गएको हो । सुगर र प्रेसरका बिरामी उल्लाह केही दिनदेखी बिरामी अवस्थामा थिए ।

बुधबार उनी सिकिस्त भएपछी बिरगञ्ज स्थित नारायणी उपक्षेत्रिय अस्पताल पुर्याइएको हो । अस्पतालमै ज्यान गएपछी उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको वडा नम्बर ४ का वडा सदस्य नसिम हुसेनले जानकारी दिए ।

उनको सिमरा चौकमै मासु पसल समेत छ । सिमरा स्थित एनसीसी बैँकको छेउमा रहेको मासुपसलमा उनी बिरामी परेदेखी उनका छोराहरुले मासुपसल चलाईरहेको थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban