जीतपुरसिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण, वडा नम्बर एक उच्च जोखिममा

रातोघर

 २०७७ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
५०३ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये दुई वडा नम्बर १ का दुई बर्षे बालकमा पनी कोरोना संक्रमण देखिएको हो ।

जीतपुरसिमरामा आज थपिएका मध्ये १२ जना वडा नम्बर १ का हुन् । यससंगै वडा नम्बर एकमा यस अघि ७ जना गरि १९ जनामा संक्रमित पुष्टि भएको वडा सदस्य रामचन्द्र लामाले जानकारी दिएका छन् ।

आज थपिएको नयाँ संक्रमित ‘कन्टयाक ट्रेसिङ्ग’ का हुन् । यसअघि संक्रमित देखिएका कतिपय परिवार सबैमा नै संक्रमण देखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban