‘हल्लाको पछी नपरौँ, वडामा अहिलेसम्म कसैलाई कोरोना छैन’

रातोघर

 २०७७ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
४५२ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका १७ मा कोरोना संक्रमण देखियो भन्ने हल्ला निराधार रहेको वडा अध्यक्ष नवराज बहादुर खड्काले बताएका छन् ।

बिभिन्न संचार माध्यममा आएका समाचारले आफुलाई दुःख लागेको र गलत हल्लाले गाउँमा त्रास फैलिएको बताउँदै निराधार समाचारको बिस्वास नगर्न उनले सबैलाई आग्रह गरेका छन् ।

‘अहिलेसम्म संक्रमित पुष्टि भएको छैन, मेरो डाक्टरहरु संगपनी कुरा भयो,’ उनले भने, ‘नगर प्रमुख ज्युसंग पनी कुरा भयो, निराधार हल्ला फैलिएको हो, अहिलेसम्म वडा नम्बर १७ मा संक्रमित भेटिएको छैन ।’

अहिलेसम्म वडामा संक्रमित नदेखिएको भएपनी कुनैपनी समय संक्रमण देखिन सक्ने भन्दै सचेत रहन उनको अनुरोध छ । अहिले नआत्तिइकन यो बिपतको सामना गर्न वडा बासीमा खड्काले आग्रह समेत गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban