रौतहटमा गोली हानेर पुजारीको हत्या

रातोघर

 २०७७ भाद्र ४, बिहिबार  मा प्रकाशित
२९८ पाठक संख्या


४ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।
माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।
बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।onlinekhabar

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban