

२०७७ भदौ ६ शनिबार
रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिका हनुमान मन्दिरका पुजारीलाई गोली हानी हत्या गर्नलाई कारबाहीको माग गर्दै बाराकाे परवानीपुरमा युवाहरूले शनिबार प्रदर्शन गरेका छन् ।
पुजारी श्रीराम साहकाे बुधबार मन्दिमै गाेलि हानी हत्या भएकाे थियाे । हत्यारालाइ कारबाही हुनुपर्ने, प्रदेशबासीको सुरक्षा गर्न नसक्ने मुख्यमन्त्रीले राजिनामा दिनु पर्ने माग प्रदर्शनकारीले गरेका छन् ।
हत्यारालाई कारबाही नगरे फेरि आन्दोलन र प्रदर्शन गर्न उनीहरूले चेतावनी दिए । मृतक पुजारी साहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलनजिकै सार्वजनिक जग्गामा हनुमान मन्दिर बनाएर पूजाअर्चना गर्दै आएका थिए। नयाँपत्रीका





Write your Comment