सिमरामा युवा अभियान : ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’

प्रकास लम्साल

 २०७७ भाद्र १०, बुधबार  मा प्रकाशित
८५८ पाठक संख्या


सिमरा। बाराको सिमराका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ ।

पथलैयाचोकमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारा लेखिएको ब्यानरसहित स्थानीय युवाहरुले स्थानीय तहको सहजीकरणमा फूड बैंक सिमरा सुरु गरेका हुन् ।

फूड बैंकमा अधिकांशले चामल, दाल, तेल सहयोग गरेका छन् । चाउचाउ पनि सहयोगस्वरुप जम्मा गरेका छन् । जम्मा भएका खाद्यवस्तु वडा जनप्रतिनिधिको रोहबरमा प्याकेजमा वितरण गरिने जनाइएको छ ।

‘लकडाउन’को समयमा दैनिक मजदुरी गर्न नपाएकाहरुका लागि फूड बैंकबाट ठूलो सहयोग पुग्ने विश्वास छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban