बारामा कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

रातोघर

 २०७७ भाद्र ११, बिहिबार  मा प्रकाशित
३८४ पाठक संख्या


बारा । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिला र धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक महिला गर्भवती थिइन् ।

भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

त्यस्तै भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा भदौ १० गते साँझ निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban