कोरोना संक्रमणबाट आमा छोराको एकैदिन मृत्यु

रातोघर

 २०७७ भाद्र १४, आईतबार  मा प्रकाशित
५३३ पाठक संख्या


काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिक –१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

आमा छोराको एकैदिन मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापका बिरामी थिए । श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban