जीतपुरसिमराका मेयरलाई वडा अध्यक्षहरुको ध्यानाकर्षण : संक्रमण रोक्न जिम्मेवार बन्नुस्

रातोघर

 २०७७ भाद्र १६, मंगलबार  मा प्रकाशित
४८३ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका केही वडा अध्यक्षहरुले नगर प्रमुख डा. कृष्ण पौडेललाई असन्तुष्ट बिषयमा ध्यानाकर्षण पत्र बुझएका छन् ।

मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै वडा अध्यहरुले बिभिन्न ११ बुँदे माग राख्दै ध्यानाकर्षण गराएका छन् ।ध्यानाकर्षण पत्रमा बिशेषगरी कोभिड महामारीलाई रोकथाम र नियन्त्रणका लागी गम्भिर बन्न र बिभिन्न अभियान संचालन गर्न आग्रह गरिएको छ ।

पिसिआर मेसिन अभिलम्ब खरिद गरी प्रत्येक वडाबाट स्वाब संकलन गरिनुपर्ने, अघिल्लो आर्थिक बर्षको योजनाहरुको भुत्तानी तुरुन्त गर्नुपर्ने, स्थानिय स्तरमा रहेका उद्योग तथा कलकारखानाहरुलाई स्वास्थ्य मापदण्डमा संचालन गराउन पहल गरिनुपर्ने, चौँथो नगरसभाबाट पारित भएको नगर योजना लगाएत रातो किताब सार्वजनिक गरिनुपर्ने लगाएतका माग राख्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

नगरका ७ वडाअध्यक्षहरुको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र आज तिन जना वडा अध्यक्षहरुले संयुक्त बुझाएका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban