लालध्वज हत्या प्रकरण : चार अभियुक्त अदालतमा पेश

रातोघर

 १८ भाद्र २०७७, बिहीबार १८:५९  मा प्रकाशित
४७० पाठक संख्या



बारा । दुई महिना अघि बाराको अमलेखगंजमा हत्या गरिएका निजगढ नगरपालिका वडा नं.८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्या प्रकरणको आरोपमा पक्राउ परेका एक जना महिला सहिँत चार जनालाई बारा प्रहरीले जिल्ला अदालत बारामा पेश गरेको छ ।

प्रहरीले निजगढ नगरपालिका वडा नं.८ का ‘सानु’ भनिने वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा पक्राउ परेका निजगढ वडा नं.८ का ३३ वर्षिय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नं.९ बस्ने वर्ष ४५ को ‘संजय’ भनिने चक्र बहादुर तामाङ्ग र सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नं.३ बस्ने वर्ष २४ का जोख बहादुर स्याङ्गतानलाई जिल्ला सरकारी वकिल मार्फत कर्तव्य गरी ज्यान मारेको अभियोगमा अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय , बाराका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले मुद्दाको सबै अनुसन्धान पुरा गरी मुद्दा दर्ता गरिएको र अदालतमा थुनछेक वहस समेत शुरु भएको प्रवक्ता मिश्रले बताए ।

अमलेखगंज स्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जीतपुरसिमरा उपमहानागरपालिका वडा नं.२२ अमलेखगंज स्थित २ नम्बर पुलको पुर्व तर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंङ्गलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो ।

लालध्वजको शव सडेर गलेको र हात , खुट्टा र गुप्ताङ्ग समेत शरिरबाट छुट्टिएको अवस्थामा शव फेला परेको हो ।

अपराधिहरुले धारिलो हतियार प्रयोग गरी हात , खुट्टा र गुप्ताङ्ग समेत शरिरबाट छुट्टिएर हत्या गरेका लालध्वजका दाई आसमान लामाले बताए । उनले घटनामा संलग्नलाई कडा भन्दा कडा कारावाही हुँनु पर्ने बताए ।

उनी केही समय अघि देखि किराना पसल समेत चलाएर अमलेखगंजमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमान लामाले दिएको किटानी जाहेरी पछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।
यता , मृतका आमा बसुन घिसिङ्ग , श्रीमती बिनु लामा र छोरी विद्युषिकोले अपराधिहरुलाई हद भन्दा कडा कारावाही गर्नु पने बताए ।

प्रतक्षदर्शीका अनुसार उनको दुबै हात, खुट्टा र लिङ्ग समेत काटिएको छ । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको दाजु आसमानले जानकारी दिए ।

सँडी सकेको अवस्थामा फेला परेको उनको शवको प्रकृति हेर्दा दुई वटा हात , दुई वटै खुट्टा धारिलो हतियारले गिडिएको , शरिरमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको भन्दै हत्या नैं भएको आशंका घर परिवार र आफन्तले लगाउँदै घटनामा संलग्न दोषीको पहिचान गरि कडा भन्दा कडा कारवाही गर्न माँग गर्दै आई रहेका थिए ।

शवको बिरगंजमा पोष्टमार्टम हुँन नसके पछि पिडित परिवारले बारा प्रहरीको समन्वयमा पोष्टमार्टमको लागि काठमाण्डौं लगेका थिए ।

हत्या घटनामा संलग्न हुन सक्ने भन्दै प्रहरीले उनीहरुलाई घटना भएको एक साता भित्र नैं पक्राउ गरि लामो अनुसन्धान गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको जनाउँदै उनीहरुलाई मद्दा दायर गरेको हो ।

 

Write your Comment