प्रदेश २ मा शुक्रबार २ जना कोरोना संक्रमितको मृत्यु, १ सय ६९ संक्रमित थपिए

रातोघर

 १९ भाद्र २०७७, शुक्रबार २०:३९  मा प्रकाशित




 

जनकपुर । प्रदेश नम्बर २ मा शुक्रबार २ जना कोरोना संक्रमितको मृत्युसंगै १ सय ६९ जना संक्रमित थपिएको छ । यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने संक्रमितको संख्या १० हजार ९ सय ७७ भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनम घर भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ स्थित रमदैयामा बस्दै आएका ६२ वर्षीय एक पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ बस्ने ४८ वर्षीय पुरुष गरि २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा १६ महिला र ८२ पुरुष गरि ९८ जनाको मृत्यु भईसकेको उनले बताए । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १३, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै यस प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ महिलासहित १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार महोत्तरीका ४३, सप्तरीका ३५, धनुषाका ३४, पर्साका २६, बाराका १९, सिरहाका १०, सर्लाहीका १ र रौतहटका १ जना संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ । जसमध्ये ९ हजार २ सय ५७ पुरुष र १ हजार ७ सय २० महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. यादवले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १ सय ६९ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९ जना, भंगहा नगरपालिकामा २४, सम्सी गाउँपालिकामा १, पिगौनामा १, पिपरामा १, लोहारपट्टी नगरपालिकामा ५, महोत्तरी गाउँपालिका १ र औरहीमा १ जनामा कोरोना संक्रमित छन् ।

त्यस्तै सप्तरीको भिमदलमा ८, महादेवा गाउँपालिकामा २, तिरहुत गाउँपालिकामा ३, अग्निसाइर कृष्णसावरन गाउँपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा २, कारागारमा ६ जना र राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी धनुषाको जनकपुरधाममा १, शहिदनगर नगरपालिकामा १, प्रादेशिक अस्पतालमा रहेका जनकपुरधामका ३, बैलबासका १ जना, जनकपुरधाम घर भई नगराईन नगरपालिमा रहेका १, स्वास्थ्य कार्यालयका १, धनुषाधाम नगरपालिकाका १, गणेशमान चारनाथ नगरपालिकाका १, क्षीरेश्वरनाथ नगरपालिकामा १, नगराईन नगरपालिकामा २२ र विशाखापटनम घर भई हाल महेन्द्रनगरमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्साको वीरगंजमा ५, आदर्शनगरमा २, पानीटंकीमा १, भिस्वामा १, पिपरामा २, मनियारीमा २, घडिअर्वामा १, कालिकामाई गाउँपालिकामा ३, सखुवा प्रसौनी गाउँपालिकामा ३, पटेर्वा सुगौली गाउँपालिकाका १, नाबिल बैँकका कार्यरत्त ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४, नीजगढ नगरपालिकामा ५, कामना विकास बैँकमा १, ईलाका प्रहरी कार्यालय नीजगढमा ५, एपिएफ पिलुवा निजगढमा २ र कलैया उपमहानगरपालिकाको बेहारामा १ जनामा कोरोना संक्रमित रहेको जनाइएको छ ।

त्यसैगरी सिरहाको श्रीगण चोहर्वा ब्यारेकमा ७ र ठाउँ नखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।     सेतोपाटि

Write your Comment