कोल्हवीको सार्वजानिक जग्गा अझै पनि छिनोफाने भएन, भू—माफियाहरु अझै पनि सल्बलाउँदै

रातोघर

 २०७७ भाद्र २६, शुक्रबार  मा प्रकाशित
५०९ पाठक संख्या


बारा । बाराको कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं.१०९ को पाँच विघा चार कठ्ठा सार्वजनिक जमिन भु—माफियाले हड्प्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लाग्दा पनि यस सार्वजनिक जमिन अझै सार्वजनिक हुन सकेको छैन् ।

स्थानीय निकाय होस् वा प्रदेश अनि संघको चुनाव ताका सार्वजनिक जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले बताउने गरे पनि चुनावी माहौल सकिएसँगै मौंन बस्दै आएका छन् ।
बाराको कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं.१०९ को पाँच विघा चार कठ्ठा सार्वजनिक जमिनलाई व्यक्तीले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसको विरुद्धमा निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर , पनि सो सार्वजनिक जमिनको अझै सम्म पनि छिनोफानो नभएको हो ।
यस क्षेत्रको मध्य भागमा वर्षौं देखि हाट बजार लाग्दै आई रहेको छ । वर्षौं देखि व्यापार , व्यावसाय सञ्चालन गर्दै आई रहेका व्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना व्यवसायहरु चलाउँदै आई रहेका छन् ।
यही सार्वजनिक जमिनमा आँखा गाड्दै भू—माफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् । हेर्नुस् त ? यस क्षेत्र भित्र हाट बजार सहिँत कोल्हवी नगरपालिका कोल्हवी उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा वेस, थारु कल्याणकारणी, ओम् शान्ति लगायतका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुको पक्की भवन छन् ।
भु—माफिया हरिवंश प्रसाईं र अमेरिका चौधरी संग्लन भई गाविसको लेटर प्याड , गाविस सचिवको हस्ताक्षर र कागजात समेत किर्ते बनाई सार्वजनिक जग्गा दर्ता गराएको अनुसन्धानबाट खुलेसँगै त्यसै बेला बारा जिल्ला अदालतले उनीहरुलाई अदालतमा उपस्थित हुँन आदेश जारी गरे पनि उपस्थित नभएसँगै उनीहरुलाई फरार सूचीमा राखेको थियो ।
फरार सूचीमा रहेका मध्ये अमेरिका चौधरीलाई गत २०७६ साल कार्त्तिक २८ गते ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक वालिष्ठ सिंहको टोलीले पक्राउ गरि अदालतमा बुझाएका थिए ।
करिब डेढ महिना थुनामा बसेकै बखत उनले सो जमिनको विषयमा सर्वोच्चमा पुनरावेदन भई रहेको भन्दै धरौटीमा थुना बाहिर निस्किएका थिए ।
स्थानीय केशश्वर चौधरीको मृत्यु पछि मृत्तकका पत्नी सुखली थरुनी र निजका छोरा अमेरिका चौधरीको मिलोमत्तोमा सो अबैध कार्य भएको जनाउँदै यसका मुख्य योजनाकार मध्येका कोल्हवी नगरपालिका वडा नं.१ का खेट प्रसाद प्रसाईं रहेको त्यसै बेला देखि सचेत स्थानीयहरुले बताउँदै आई रहेका छन् । सुखली थरुनीको भने , दुई वर्ष अघि नैं कालगतिले निधन भई सकेको छ ।
यस सार्वजनिक जमिन कोल्हवी नगरको मुख्य क्षेत्र , व्यापारीक क्षेत्र , कार्यालय क्षेत्र भएकोले प्रतिधुर पाँच लाख देखि १०/१५ लाख मूल्य सम्म पर्ने गरेको स्थानीयहरु बताउँ छन् । यसरी समान्य हिसावले पनि सय करोड (एक सय करोड) भन्दा बढी मूल्य पर्ने यस सार्वजनिक जमिन विभिन्न प्रपञ्चमा हत्याउँन भू—माफिया गिरोह निरन्तर सक्रिय छन् ।
यस सार्वजनिक जमिन व्यक्तीको नाउँमा पूर्जा झिक्ने तीन जना भु—माफियालाई गत २०६७ साल फागुन ९ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
बारा कोल्हवीको हाट बजार क्षेत्रको सार्वजनिक एवंम् ऐलानी जमिनको पुर्जा बनाई बिक्री तथा भोगचलन गर्ने योजना बनाएका बारा कोहल्वीका हरिवंश प्रसाईं , पारसनाथ चौधरी र अमेरिका चौधरीलाई पक्राउ गरि एक महिना जिल्ला प्रहरी कार्यालय बाराको थुनामा राखि त्यस बेला जनही २०/२० लाख धरौटी लिई छोडेका थिए ।
उक्त सार्वजनिक जमिन र सो जमिनमा रहेका पक्की , कच्ची घर टहरा समेतलाई स्थानीय हरिवंश प्रसाईं र पारसनाथ चौधरीले किर्ते कागजात बनाई आफ्नों नाममा दर्ता गराए पछि कोल्हवीका अधिकांश स्थानीय सचेत गाउँलेहरु सार्वजनिक जमिन सार्वजनिक रुप मैं कायम गर्न निरन्तर एक जुट हुँदै आई रहेका छन् ।
त्यस बेला सो जमिनको विषयमा उजुरी पछि अनुसन्धान गरि गत २०६७ साल फागुन ३ गते मालपोत ऐन २०३४ को दफा २४ (१) र (२) अनुसार उल्लेखित व्यक्तीहरुको नाउँको श्रेस्ता बदर गरि नेपाल सरकारकाे नाउँमा श्रेस्ता कायम गरि सार्वजनिक जग्गा सार्वजनिक रुप मैं मालपोत कार्यालय बाराले फर्काएको थियो ।
स्थानीय विभिन्न राजनैत्तिक दलका प्रतिनिधी , समाजसेवी , बुद्धिजिवी , सचेत नागरिक , गाउँले लगायत स्थानीय बासीहरु भेला भएर सार्वजनिक जमिन सार्वजनिक रुपमा नैं कायम गर्न गराउँन ११ सदसिय सर्वदलिय समिति गठन गरि सार्वजनिक जमिन सार्वजनिक हुँन सक्रिय रहे ।
भु—माफियालाई कानुनी कारवाही गर्न लिखित माँग गरे पछि आवश्यक अनुसन्धान गरि पुनः सार्वजनिक जमिन साविक अनुसार नैं फर्काईएको तत्कालिन मालपोत कार्यालय बाराका प्रमुख युवराज भट्राईले त्यस बेला बताएका थिए ।
गठित समितिले सार्वजनिक जग्गा खारेजी र भु—माफियाहरुलाई कारवाहीको लागि सम्बन्धित निकायमा निवेदन दर्ता गराए पछि जिल्ला प्रहरी कार्यालय बाराको आदेश अनुसार ईलाका प्रहरी कार्यालय कोल्हवी बाराले अभियुक्त प्रसाईं र चौधरीद्धोयलाई कोहल्वीबाट त्यसै बेला नियन्त्रणमा लिएको थियो ।
भु—माफिया हरिवंश प्रसाईं र पारसनाथ चौधरीको नाममा सात दिने म्याद पुर्जी मालपोत कार्यालय बाराले काटे पछि सो पत्र बुझे पनि आरोपित भु—माफिया प्रसाईं र चौधरी मालपोत कार्यालय तथा सम्बन्धित निकायहरुमा उपस्थित भएनन् ।
त्यस बेला फरार अवस्था मैं मालपोत कार्यालयका शाखा अधिकृत्त सुमन प्रसाद चौधरी , मालपोत कार्यालय बारालाई विपक्षी बनाई तत्कालिन पुनरावेदन अदालत हेटौंडामा निषेधाज्ञा युक्त परमादेश जारी गरे पछि मालपोत कार्यालय बाराको तर्फबाट प्रतिरक्षा समेत गरिदिन सम्बन्धित अदालतलाई लिखित पत्र बुझाउँदै बदर गरिएको मालपोत कार्यालय बाराले जनाउँदै सो सार्वजनिक जग्गा बदर गरि साविक अनुसार नैं सार्वजनिक गरि दिएको थियो ।
लामो समय सम्म पनि सो सार्वजनिक जमिनको छिनोफाने नहुँदा त्यहाँ रहेका स्थानीय व्यापारी लगायत बसोवास गर्नेहरु मर्कामा पर्दै आई रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban