युवा समाज सिमराद्वारा रक्तदान कार्यक्रमको आयोजना

रातोघर

 २९ भाद्र २०७७, सोमबार २१:४९  मा प्रकाशित




सिमरा
युवा समाज सिमराको अयोजना तथा रेडक्रस सोसाईटी उप-शाखा सिमराको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आज सिमरामा भएको उक्त रक्तदान कार्यक्रममा महिला पुरुष गरि २४ जनाले रगत दान गरेका छन् । जसमध्ये २२ जना पुरुष र २ जना महिला रहेका छन।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी बाट ६ जना प्राबीधिक टोलीले सहजीकरण गरेका थिए ।
रक्तदान कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा न २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ , वडाका वडा सदस्य धन बहादुर श्रेष्ठ , जितपुरसिमरा उ.म.पा वडा न. १ का वडा सदस्य रामचन्द्र लामा , नेकपा नेता दिनेश राई, राजन पौडेल , सिमरा कलेज प्रमुख शालिकराम अधिकारी लगाएत रेडक्रस सिमराका सभापती शिव कु.शर्माको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कोभिड १९ का कारण जिल्लामा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा समाज सिमराका अध्यक्ष सुशील ढकालले जानकारी दिए ।

Write your Comment