काँग्रेसको बारा–पर्सा–रौतहट स्तरीय भर्चुअल प्रशिक्षण

रातोघर

 ३१ भाद्र २०७७, बुधबार १३:४८  मा प्रकाशित




सिमरा : नेपाली काँग्रेसको बारा, पर्सा, रौतहट स्तरीय प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वर्तमान कोभिड १९ को परिस्थितीमा स्थानीय, प्रदेश र केन्द्र सरकारले खेल्नुपर्ने भूमिका तथा अवस्थाका साथै काँग्रेसको अवस्थाका विषयमा छलफल भएको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले बताउनुभयो ।
काँग्रेस उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकमा काँग्रेसको आगामी रणनीति, कृयाशिल सदस्यता वितरण र आगामी महाधिवेशनका विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागिले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने तर्फ ध्यान दिन नेतृत्वलाई सुझाएका थिए ।
प्रशिक्षण वैठकमा काँग्रेस केन्द्रिय सदस्य फर्मुल्लाह मंसुर, राधेचन्द्र यादव, अजय चौरसिया, ट्रेड युनियन काँग्रेसका खिलनाथ दाहाल, काँग्रेस बारा, पर्सा र रौतहटका सभापति तथा तीनै जिल्लाका स्थानीय तहमा निर्वाचित काँग्रेसका जनप्रतिनिधीहरुका साथै यूवा नेता एवं जीतपुरसिमरा उपमहानगरपालिकाका सभापति श्यामबाबु गुप्ता, पूर्व सांसद मधु शाही ठकुरी, प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य शोभा लामा, विद्यार्थी नेतृ मेघा शाही, नारायणी रायमाझी लगायतको सहभागिता रहेको थियो ।

Write your Comment