

सिमरा ।
जितपुरसिमरा उपमहानगर पालिकाका युवाहरुले कुलमान घिसिङको समर्थनमा मोटरसाइल र्याली निकालेका छन् ।
घिसिङको पुन: नियुक्तीको माग गर्दै युवाहरुले जितपुरसिमरा उपमहानगर पालिका १४ र १५ वडा परिक्रमा गरि समर्थन जनाएका छ्न।
उक्त र्यालिमा करिब २०० वटा मोटरसाइकलको सहभागिता रहेको थियो । 
`कुलमान आउ देश उज्यालो बनाउ´ जस्ता प्ले कार्ड अनि नेपालको झण्डा सहित युवाहरु सडकमा आएका थिए।
डुमरवानाका युवा कपिल खरेल,तिर्थ गुरुङ,राजन चौधरी लगायत अन्यको बाक्लो उपस्थिती थियो ।





Write your Comment