फुड बैंक सिमरालाई सेन्ट्रल फाईनान्सको साथ

रातोघर

 २ आश्विन २०७७, शुक्रबार १९:५७  मा प्रकाशित
१७ पाठक संख्या


 

सिमरा
बाराको जितपुरसिमरामा रहेको सेन्टल फाईनान्स लि.ले सिमरा युवा समाजद्धारा सञ्चालित फुड बैक सिमरालाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।

सिमराका युवाहरुद्धारा सञ्चालित सामाजिक कार्यका लागि सो फाईनान्सले असहाय,तथा गरिव बिपन्न वर्गलाई प्रदान गर्न शाखा प्रमुख कृष्णकुमार झा मार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो। सो फाईनान्सले २५ हजार २ सय ४० रुपयाँ बराबरको चामल, दाल, नुन, चाउचाउ, सोयाबिन, पानी लगायतको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत फाईनान्सले उक्त सामान हस्तान्त्रण गरी संकलित खाद्यान्न युवा समाजले आगामी दशैमा चुलो बाल्न नसकेका परिवारलाई सघाउ पुर्याएको छ ।

खाद्यान्न हस्तान्त्रणमा युवा समुहका अध्यक्ष शुसिल ढकाल, श्रीराम रेग्मी, आर.के. भट्टराई, राजकुमार न्यौपाने, कृष्ण अधिकारी, प्रकास ढुगाना, सबिन साह लगायतको उपस्थित रहेको थियोे ।

Write your Comment