सिमरा बिमानस्थलको चमेना गृहमा नयाँ स्वाद , खुल्यो `सिमरा एयरपोर्ट´

रातोघर

 ५ आश्विन २०७७, सोमबार २१:१७  मा प्रकाशित
६९३ पाठक संख्या



सिमरा ।
बाराको सिमरामा रहेको सिमरा बिमानस्थलका यात्रुले अब परिसरमा रहेको क्यान्टिनमा नया संवाद पाउने भएका छन् ।
लामो समयको लकडाउनपछी आजदेखी नै बिमानस्थलमा काठमाडौ-सिमरा उडान शुरु भएको छ । उडान शुरु भएसंगै यात्रुहरुलाई लक्षित गरि सर्वशुलभ मुल्यमा क्यान्टिन सेवा शुरु गरिएको संचालक राजन उप्रेतीले जानकारी दिए ।
सोमबार उदघाटन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरेलाई कफि खुवाएर क्यान्टिन (चमेना गृह) को उदघाटन गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि , इलाका प्रहरी कार्यलय सिमराका प्रहरी प्रमुख , सिमरा कलेज प्रमुख , सिमराका युवा ब्यवसायी , संचारकर्मी लगाएतको उपस्थिति थियो ।

Write your Comment