फरार १६ अभियुक्त प्रहरी फन्दामा

रातोघर

 ८ आश्विन २०७७, बिहीबार २१:३०  मा प्रकाशित
१३६ पाठक संख्या


 

सप्तरी, राजबिराज । विभिन्न अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकी फरार रहेका एक महिलासहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन यता पक्राउ परेका सबैलाई बिहीबार प्रहरीले अदालतमा बुझाएको छ ।

पक्राउ पर्नेहरुमा कुटपिट र अंगभंगका सर्वाधिक १० जना छन् । यस्तै जालसाजी, लुटपिट, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध, कर्तव्य ज्यान र लागु औषधका एक÷एक जना रहेका छन् ।

पक्राउ परेकाहरु मध्ये कुटपिट तर्फ राजविराज नगरपालिका ९ का जुक्ति यादव, सुबसु साह, लिलावत्ति साह, गुलाबलाल दास, सुबिलाल यादव, वडा नं. १ का सत्रुशन यादव, उत्तिमलाल यादव, शंकर कुमार यादव, लक्ष्मण यादव, लक्ष्मी यादव रहेका छन् ।

यस्तै ज्यान मार्ने उद्योगतर्फ राजविराज ९ का झौली मुखियाँ, केही सार्वजनिक अपराधतर्फ राजविराज १ का बडेलाल यादव, जलसाजीतर्फ राजविराज ६ का झवर यादव र लुटपिटतर्फ राजविराज १ का गोसाई यादव तथा लागुऔषध तर्फ सप्तरीको तिरहुत गाउँपालिका ५ का महेन्द्र मेहता छन् ।

प्रहरी निरिक्षक सन्तोष कुमार खडकाको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

अघिल्लो दिन कर्तव्य ज्यान मुद्दाका आरोपी महादेवा गाउँपालिका १ का ५५ वर्षिय रबिलाल यादवले भने जिल्ला प्रहरी कार्यालय मै पुगि आत्मसमर्पण गरेका थिए ।

पक्राउ परेका सबैलाई बिहीबार सप्तरी जिल्ला अदालतमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए । फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले आक्रमक अभियान चलाएपछि एकपछि अर्को सफलता मिल्दै गएको एसपी राजेन्द्र धमलाको भनाई छ ।

Write your Comment