नमुना माबि सिमरामा नमुना अभ्यास : अनलाईनमै ‘इन्ट्रान्स’ र कक्षा संचालन

कक्षा ११ लाई असोज १५ बाटै अनलाईन कक्षा शुरु गरिने छ भने कक्षा १२ मा करिब ७५ प्रतिशत इन्टरनेटको पहुँच भएका बिद्यार्थीले अनलाईनबाटै बिहानी शत्रमा कक्षा लिईरहेका छन् ।

रातोघर

 १० आश्विन २०७७, शनिबार ०९:३२  मा प्रकाशित
१३५ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन\अफलाईन ‘इन्ट्रान्स’ संचालन गरेको छ ।

प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी बिधुतिय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भर्नाको तयारी गरेको छ ।

यसअघि कक्षा १२ का लागी अनलाईनबाटै कक्षा संचालन गरेको बिद्यालयले नयाँ भर्नाका लागी पनी आवेदन माग गरिसकेको छ । ‘इन्ट्रान्स’ को पहिलो चरणको परिक्षामा २ सय ५० बढी बिद्यार्थीले अनलाईन र अफलाईन परिक्षा दिएका छन् ।

बिद्यालय आउन सक्ने बिद्यार्थीका लागी बिद्यालयमै र टाढा घर भएका बिद्यार्थीका लागी अनलाई ‘इन्ट्रान्स’ को ब्यवस्था गरिएको थियो ।

जसमध्ये पहिलो चरणको ‘इन्ट्रान्स’ मा उतिर्ण हुने बिद्यार्थीलाई भर्ना लिने कार्य समेत शूरु गरिएको सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिए ।

बिद्यालयले दुई चरणको ‘इन्ट्रान्स’ परिक्षा शनिबार सम्पन्न गरेको छ भने ४ सयको हाराहारीमा कक्षा ११ को नयाँ भर्नाका लागी बिद्यार्थीहरु ‘इन्ट्रान्स’ मा सहभागी जनाएका छन् ।

यसैगरी बिद्यालयका अनुसार कक्षा ११ लाई असोज १५ बाटै अनलाईन कक्षा शुरु गरिने छ भने कक्षा १२ मा करिब ७५ प्रतिशत इन्टरनेटको पहुँच भएका बिद्यार्थीले अनलाईनबाटै बिहानी शत्रमा कक्षा लिईरहेका छन् । बिद्यालयले आफ्नै वेबसाइड समेत निर्माण गरिसकेको छ ।

बिद्यालयले प्रत्येक दिन कक्षाकोठा ‘सेनिटाइज्ड’ गर्ने गरेको छभने बिद्यार्थी र शिक्षक दुबैलाई अनिवार्य मास्क र बिद्यालयको मुलगेटमा तापक्रम नाप्ने गरिएको छ । अफलाईन कक्षामा पनी अनिवार्य मास्कको प्रयोग गरी एउटा डेस्कमा एक जना बिद्यार्थीलाई राखी परिक्षा लिइएको छ ।

जिल्लामा चार संकाय संचालन गर्ने एक मात्र सामुदायिक बिद्यालयका रुपमा परिचित यस बिद्यालयलाई कोभिड १९ को प्रभाव अन्य बिद्यालयको तुलनामा कम परेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र गौतमको धारणा छ ।

१५ गतेदेखी कक्षा ११ को नयाँ बिद्यार्थीहरुलाई अनलाईन शिक्षाकै तयारी गरेपनी कोभिड प्रभाव समान्य बने कक्षाकोठा बाटै शिक्षण कार्य शुर गरिने गौतमले बताए ।

उनले यो कोभिड महामारीका बेला बिद्यार्थीको उत्साहजनक सहभागीता रहेकोमा मेहनती शिक्षक परिवार र जिम्मेवार अभिभावक प्रती खुशी ब्यक्त गरे ।

Write your Comment