विभिन्न मुद्दामा फरार पाँच प्रतिवादी पर्साबाट पक्राउ

रातोघर

 १३ आश्विन २०७७, मंगलवार २१:०६  मा प्रकाशित
१२५ पाठक संख्या


 

वीरगञ्ज,असोज । विभिन्न मुद्दामा कैद तोकिएका फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योगदेखि बैंकिङ्ग कसुर मुद्दामासमेत फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले लागु औषध मुद्दामा दुई, बैंकिङ्ग करुस मुद्दामा एक, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा एक र ज्यान मार्ने उद्योग मुद्दामा एक जनागरी पाँच फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का रामनाथ महेता रहेका छन् । पर्सा जिल्ला अदालतले उनलाई लागु औषध गाँजा मुद्दामा गत वर्ष पुष २९ गते तिन महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकेपनि उनि फरार भएका थिए ।

पछिल्लो समय गाउँ नैजिकै लुकिछिपी बसिरहेको विशेष सूचनाको अधारमा खटेको प्रहरी टोलिले उनलाई सोमबार पक्राउ गरेको हो । उनलाई अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा फरार पकाहामैनपुर गाउँपालिका वडा नम्बर एक धोरे निवासी ५० वर्षीय मलख राउत यादवलाईपनि प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि अदालतको आदेश वाजजुद फरार रहँदै आएका उनलाईपनि सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

त्यसतै लागु औषध सम्बन्धित कसुर मुद्दाका फरार अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जेठ महिनादेखि फरार रहँदै आएका उनलाई पर्सा प्रहरीले असोज १० गते पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ निवास ३० वर्षीय कुँवर सिंह रहेका छन् । उनलाई प्रहारीले अदालतको आदेशपछि पुर्पक्षकालागि वीरगञ्ज कारागार पठाइएको जनाएको छ ।

प्रहरीले बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ घर भएर हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा बस्दै आएका ५८ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

उच्च अदालत जनकपुरलको अस्थायी ईजलास वीरगञ्जले उनलाई पक्राउ गरी अनुसन्धान कार्य पूरा गर्न अनुमति दिएपछि जिल्लाबाट खटेको टोलिले उनलाई आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ स्थित सडक खण्डबाट पक्राउ गरिएको जनाएको छ ।

उनलाई पक्राउगरी उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यस्तै पर्सा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहँदै आएका पोखरिया नगरपालिका वडा नम्बर ६ बस्ने ४८ वर्षीय चन्द्रिका महतोलाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले सोमबार पोखरिया नगरपालिका वडा नम्बर ७ स्थित सडक खण्डबाट पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पारिएका महतोलाई आवश्यक कारवाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Write your Comment