प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्नेसहित ६ जना पक्राउ

रातोघर

 २०७७ आश्विन १५, बिहिबार  मा प्रकाशित
६०८ पाठक संख्या


वीरगन्ज । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको फर्जी लिखित परिक्षा सञ्चालन गर्ने नक्कली प्रहरी निरिक्षक (ईन्सपेक्टर) सहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ स्थितमा रहेको देव पार्टी प्यालेसमा छापामारी गरी फर्जी परिक्षा सञ्चालन गर्ने प्रहरी पोसाक मैं रहेका नक्कली ईन्सपेक्टरसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल निवासी २९ वर्षीय अजय कुमार राय (नक्कली ईन्सपेक्टर), परिक्षा सञ्चालनमा सहयोग गर्ने जीतपुरसिमरा उपमहानगरपालिका कै वडा नं.५ बस्ने वर्ष ५७ को हिरालाल महतो, सोहि ठाउँका वर्ष २८ को बसन्त चौधरी, वीरगन्ज महानगरपालिकाको वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर ५ सबैठवा बस्ने वर्ष ४७ को शिव नारायण चौरसिया र वीरगंज महानगरपालिका वडा नं.२७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया रहेका छन् ।

बारा, पर्सा र सर्लाही समेतका परिक्षार्थी २१ जना सम्मिलित रहेको फर्जी परिक्षा सञ्चालन गरी ठग्गी गर्ने निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रक्राउ परेका जीतपुरसिमराका अजय कुमार राय (नक्कली प्रहरी निरिक्षक) बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परिक्षा दिने परीक्षार्थीहरुसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर , ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचय समेत दिदै हिँडेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, ऐ.को प्रश्न पत्र २६ थान , खरिदारको प्रवेश पत्र १ थान सहिँत निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता मनोजित कुंवरले बताए ।

उक्त परिक्षा दिने बारा कोल्बी न.पा. वडा नं.७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसँग रु. २० हजार, वीरगन्ज महानगरपालिका वडा नं.२ छप्कैया बस्ने वर्ष २३ को सुनिल महतो, पर्साको बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २३ को जितेन्द्र महतो, पर्सागढी न.पा.वडा नं.१ बस्ने वर्ष २६ को रामकिशोर राई थारुसँग रु.एक-एक हजार , बीरगंज महानगरपालिकाको वडा नम्बर ३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६ हजार , साेही ठाउँ बस्ने बर्ष २७ को संतोष रामसँग २५ हजार , वर्ष २६ को अशोक साह तेलीसँग रु.२१ हजार, वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसँग रु.३५ हजार ठगि गरेको खुलेको छ ।

यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २१ को शत्रुधन साह कलवारसँग १५ हजार, वडा नम्बर ११ बस्ने बर्ष २८ को राम प्रवेश रामसँग रु.२१ हजार , पर्सा छिपहरमाई गा.पा.वडा नं.१ बस्ने वर्ष १९ को संजय कुमार साहसँग रु.२४ हजार , पकाहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष १९ को राकेश चौरसियासँग रु.१ लाख ५० हजार (परीक्षामा उतिर्ण भए पश्चात लिने शर्तमा) र बीरगंज महानगरपालिकाको वडा नं.१६ बस्ने वर्ष २० को अरबिन्द कुमार चौरसियासँग रु.२१ हजार गरी जम्मा रु.३ लाख ६१ हजार ठगेका छन् ।   खरिबोट

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban