बाह्र वर्षपछि २१ गतेबाट सिमरा उडान गर्दै यती एयरलाइन्स, भाडा २८ सय

रातोघर

 १६ आश्विन २०७७, शुक्रबार १४:४१  मा प्रकाशित
६६७ पाठक संख्या



बाह्र वर्षपछि यती एयरलाइन्सले फेरि सिमरा उडान गर्ने भएको छ । असोज २१ गतेबाट दैनिक दुई उडान गर्ने एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सतर्कता अपनाएर सिमरा उडान गर्न लागेको उनले बताए ।

यसअघि यतीले सन् २००८ सम्म सो गन्तव्यमा उडान गरेर रोकेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि बाराको सिमरा उडानका लागि अनुमति दिएसँगै एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको हो ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन बिहान ९ बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान गर्नेछ । एयरलाइन्सका बिक्री तथा बजार निर्देशक सरल एसजेवी राणाका अनुसार यात्रुहरूको मागबमोजिम पुनः सेवा प्रारम्भ गर्न लागेका बताए ।

हालका लागि काठमाडौंबाट सिमरा काठमाडांैको एकतर्फी प्रमोशनल भाडा २ हजार ८ सय रुपैयाँ रहेकोे उल्लेख छ । टिकटहरू एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स, नजिकको ट्राभल एजेन्सीहरू तथा अनलाइनमार्फत लिन सकिने उनले बताए ।

यतीले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ । क्यापिटल नेपाल

Write your Comment