बाह्र वर्षपछि २१ गतेबाट सिमरा उडान गर्दै यती एयरलाइन्स, भाडा २८ सय

रातोघर

 २०७७ आश्विन १६, शुक्रबार  मा प्रकाशित
७९७ पाठक संख्या


बाह्र वर्षपछि यती एयरलाइन्सले फेरि सिमरा उडान गर्ने भएको छ । असोज २१ गतेबाट दैनिक दुई उडान गर्ने एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सतर्कता अपनाएर सिमरा उडान गर्न लागेको उनले बताए ।

यसअघि यतीले सन् २००८ सम्म सो गन्तव्यमा उडान गरेर रोकेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि बाराको सिमरा उडानका लागि अनुमति दिएसँगै एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको हो ।

यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन बिहान ९ बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान गर्नेछ । एयरलाइन्सका बिक्री तथा बजार निर्देशक सरल एसजेवी राणाका अनुसार यात्रुहरूको मागबमोजिम पुनः सेवा प्रारम्भ गर्न लागेका बताए ।

हालका लागि काठमाडौंबाट सिमरा काठमाडांैको एकतर्फी प्रमोशनल भाडा २ हजार ८ सय रुपैयाँ रहेकोे उल्लेख छ । टिकटहरू एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स, नजिकको ट्राभल एजेन्सीहरू तथा अनलाइनमार्फत लिन सकिने उनले बताए ।

यतीले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ । क्यापिटल नेपाल

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban