रौतहटमा १३ बर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंका

रातोघर

 १६ आश्विन २०७७, शुक्रबार २१:३५  मा प्रकाशित
८९ पाठक संख्या


 

रौतहट । रौतहटको पूर्वीभेग बृन्दाबन नगरपालिकामा एकजना बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

बृन्दाबन नगरपालिका वडा ४ हरदिया गाँउका बैधनाथ साह कानुको नाम नखुलेको १३ बर्षीया छोरीको शुक्रवार बलात्कारपछि हत्या भएको आशंका गरिएको मेयर रामस्नेही यादवले जानकारी दिए ।

बिहान ९ बजे घाँस काटन गएकी बालिकाको हरदिया गाँउको केही पर रहेको उँखुघारीमा बलात्कारपछि हत्या भएको हुनसक्ने मेयर यादवले बताए

अपरान्ह ३ बजे गाँउलेहरु घाँसलिन जाँदा उँखुघारीमा बालिकाको शव देखेपछि घटना बाहिर आएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले घटनाको पुष्टि गरे ।

ईलाका प्रहरी कार्यालय गरुडा बाट प्रहरीको टोली घटनास्थल पुगीसकेको तथा आफू स्वंय घटनास्थल गइरहेको बताउँदै घटनाबारे पूर्ण बिवरण आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रातो पाटि

Write your Comment